प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्न सरकारकाे सिफारिस
मन्त्रिपरिषद्को आज (सोमबार) बसेको बैठकले यसअघिका प्रदेश प्रमुख राजेश झा अहिराजलाई पदमुक्त गरेर मिश्रलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
काठमाडौं, साउन ३२ : सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको छ।
मन्त्रिपरिषद्को आज (सोमबार) बसेको बैठकले यसअघिका प्रदेश प्रमुख राजेश झा अहिराजलाई पदमुक्त गरेर मिश्रलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
यसअघि केपी ओली नेतृत्वको सरकारले २०७७ फागुन ७ गते अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।
महोत्तरी निवासी मिश्र नेपाली कांग्रेसका संस्थापक नेता रामनारायण मिश्रका सुपुत्र हुन्।
उनी नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वसांसदसमेत हुन्। उनले २०४८ सालमा महोत्तरीबाट चुनाव जितेका थिए।
प्रकाशित मिति: १३:४९ बजे, सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

-1789386172.jpg)

-1789386172.jpg)