गोर्खा सैनिकलाई आमरण अनशन फिर्ता लिन सरकारकाे आग्रह
काठमाडौं, साउन ३२ : सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकलाई बेलायतमा जारी आमरण अनशनलगायत विरोधका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले...
काठमाडौं, साउन ३२ : सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकलाई बेलायतमा जारी आमरण अनशनलगायत विरोधका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिबद्धता समेत सरकारले जनाएको उनले बताए।
‘आमरण अनशनलगायत विरोध कार्यक्रम फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खासँग सम्बन्धित सबैलाई आह्वान गर्छौं,’प्रवक्ता कार्कीले भने।
बेलायतका सैनिकसरह पेन्सनलगायत सुविधा पाउनुपर्ने माग राख्दै आएका भूपू गोर्खा सैनिकहरुले रिले अनशन गरेका थिए। आफ्ना माग सजिलै सुनुवाइ नहुने देखेपछि केही दिनयता उनीहरूले बेलायती प्रधानमन्त्रीको कार्यालयनजिकै आमरण अनशन थालेका छन्।




-1789386172.jpg)




-1789386172.jpg)

