६० वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ
उदयपुर, साउन ३२ : ६० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा आइतबार साँझ उदयपुरमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-१ ओख्ले डुम्रे...
उदयपुर, साउन ३२ : ६० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा आइतबार साँझ उदयपुरमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेशबहादुर सुनुवार रहेको प्रहरीले जनाएको छ।
साउन २ गते सुनुवारले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:२९ बजे, सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












