Kathmandu Press

ढुवानी व्यवसायीले साउन १ देखि देशभर ढुवानी सेवा ठप्प पार्ने

काठमाडौं, असार ३० : ढुवानी व्यवसायीको आन्दोलनलाई निजी क्षेत्रको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघले साथ दिने भएको छ।

सरकारले ढुवानी व्....

ढुवानी व्यवसायीले साउन १ देखि देशभर ढुवानी सेवा ठप्प पार्ने
फाइल फोटो

काठमाडौं, असार ३० : ढुवानी व्यवसायीको आन्दोलनलाई निजी क्षेत्रको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघले साथ दिने भएको छ।

सरकारले ढुवानी व्यवसायीलाई मूल्य अभिबृद्धि कर (भ्याट) र वेब वेस ट्रयाकिङ सिस्टम एकै पटक लागू गरेको भन्दै महासंघले आन्दोलनमा साथ दिने भएको हो।

महासंघ पनि आन्दोलनमा उत्रिएपछि सरकारलाई भ्याट र ट्रयाकिङ सिस्टम लागू गर्न समस्या हुने भएको छ। महासंघको आइतबारको भेलाले ढुवानी व्यवसायीको आन्दोलनलाई साथ दिने निर्णय गरको हो। ढुवानी व्यवसायीले भ्याट र ट्रयाकिङ सिस्टम लागू नगर्न माग गर्दै साउन १ देखि सबै सेवाका ढुवानी ठप्प पार्ने निर्णय गरेका छन्।

सरकारले साउन १ गतेदेखि भ्याट र ट्रयाकिङ सिस्टम लागू गर्दैछ।  व्यवसायीले सरकारले पूर्व तयारीबिनै भ्याट, वेब वेस ट्रयाकिङ सिस्टम, कर्मचारीको अनिवार्य प्यान र सामाजिक सुरक्षा लागू गरेपछि महासंघ सरकारविरुद्ध आन्दोलनमा जान लागेको हो।

महासंका अध्यक्ष भवानी राणाले सबैखाले ढुवानीमा एकै पटक भ्याट लगाउनु नहुने भन्दै पहिलो चरणमा भन्सारबाट नेपाल भित्रिनेमा लगाउने र क्रमश देशभित्र आवातजावात गर्ने ढुवानीका साधनमा भ्याट लगाउनुपर्ने माग गरेकी छन्। यो पनि भन्सारबाट नेपाल भित्रिने ट्रकमा मात्रै लगाउनुपर्ने अध्यक्ष राणाको भनाइ छ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले वेब ट्रयाकिङ सिस्टम पहिलो तीन महिना परीक्षणको रुपमा सञ्चालन गर्न लागेको बताए। ट्रान्सपोर्टरलाई सिकाउँदै विस्तारै कार्यान्वयन गर्दै लैजाने गरेपछि व्यवसायीले सिक्ने उनको बुझाइ छ।

प्रकाशित मिति: १२:२४ बजे, सोमबार, असार ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्