केही दिन घरबाहिर फोहोर ननिकाल्न काठमाडौं महानगरको आग्रह
काठमाडौं, साउन ३१ : काठमाडौं महानगरपालिकाले नगरबासीलाई केही दिन घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको छ ।महानगरको कार्यालयले सोमबार सार्वजनिक सूचना नै जारी गरेर...
काठमाडौं, साउन ३१ : काठमाडौं महानगरपालिकाले नगरबासीलाई केही दिन घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको छ ।
महानगरको कार्यालयले सोमबार सार्वजनिक सूचना नै जारी गरेर फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो।
अविरल वर्षका कारण उपत्यकाको फोहोर विसर्जन गर्ने ठाउँ (ल्यान्डफिल साइट) पुग्ने सडक बिग्रिएकाले फोहोर विसर्जन गर्न नसकिएको भन्दै महानगरले नगरवासीलाई केही दिनका लागि फोहोर घरभित्रै राख्ने व्यवस्था गर्न अनुरोध गरेको हो।
ल्यान्डफिल साइट पुग्ने सडक सञ्चालनमा आएपछि मात्रै फोहोर उठाउन घरदैलोमा आउने पनि महानगरले बताएको छ।
काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको ककनी गाउँपालिका-२ स्थित सिस्डोलमा रहेको ल्यान्डफिल्ड साइटमा विसर्जन गर्ने गरिएको छ।
प्रकाशित मिति: १३:०९ बजे, सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

