Kathmandu Press

तानसेनमा जिप दुर्घटना : ११ जना घाइते, ३ को अवस्था गम्भीर

काठमाडौं, साउन ३२ : पाल्पाको तानसेनमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।  तानसेन नगरपालिका-७ सालघारीमा लु१ज २९९२ जिप दुर्घटना हुँदा त्यसमा सवार ११...
तानसेनमा जिप दुर्घटना : ११ जना घाइते, ३ को अवस्था गम्भीर

काठमाडौं, साउन ३२ : पाल्पाको तानसेनमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

तानसेन नगरपालिका-७ सालघारीमा लु१ज २९९२ जिप दुर्घटना हुँदा त्यसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

तीमध्ये तीनजनाको अवस्था गम्भीर छ। घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट यात्रु लिएर आएको जिप दुर्घटना परेकाे प्रहरीको भनाइ छ। घाइते हुने सबै तानसेन नगरपालिकका हुन्। जसमा वडा ७ का २९ वर्षीय नरबहादुर कुमाल, २८ वर्षीय विक्रम गैरे, ४३ वर्षीय प्रेमबहादुर बाकवाल, ३२ वर्षीय हुमबहादुर सारु छन्।

घाइते हुने अन्य ३३ वर्षीय विक्रम नेपाली, २९ वर्षीय अनुज पल्ली, ३० वर्षीय सोमबहादुर न्यौपाने, २८ वर्षीय योगेश सारु, ३३ वर्षीय पवनकुमार ग्राह, ३५ वर्षीय सन्तोष गैरे पनि साेही वडाका हुन्।

जिप चालक ३३ वर्षीय सोम राना पनि घाइते भएक छन्। उनी तानसेन-६ का बासिन्दा हुन्।

प्रकाशित मिति: १२:५३ बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्