Kathmandu Press

कांग्रेस सभापति देउवाले दिए उद्धार र राहतमा खट्न कार्यकर्तालाई निर्देशन

काठमाडौं, असार ३० : कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन....

कांग्रेस सभापति देउवाले दिए उद्धार र राहतमा खट्न कार्यकर्तालाई निर्देशन

काठमाडौं, असार ३० : कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गरेको हुन्। उनले सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले कार्य गर्न पनि आग्रह गरेका छन्।

यससँगै सरकारले प्रभावित क्षेत्रमा गरिरहेको उद्धार र राहत वितरणको अनुगमन समेत गर्ने जनाएका छन्।  

केही दिनयता मुलुकको विभिन्न भागमा अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति यसअघि कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले यही असार २७ गते दुःख व्यक्त गरेको थियो।

‘प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्णरूपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौं। विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबैखाले राजनैतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो,’ विज्ञप्तिमा उल्लेख छ।

सभापति देउवाले वर्षा र पहिरोका कारण अमूल्य जीवन गुमाउने नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै मृतकको आत्माको चिरशान्तिको कामना गरेका छन्।

प्रकाशित मिति: १२:१३ बजे, सोमबार, असार ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्