काबुल विमानस्थलमा चलायो अमेरिकी सेनाले गोली
काठमाडौं, साउन ३२ : अफगानिस्तानको राजधानी काबुलको विमानस्थलमा अमेरिकी सेनाले हवाई फायर गरेको छ। सोमबार तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अफगानिस्तानबाट मानिसहरु बाहिरिन विमानस्थल...
काठमाडौं, साउन ३२ : अफगानिस्तानको राजधानी काबुलको विमानस्थलमा अमेरिकी सेनाले हवाई फायर गरेको छ।
सोमबार तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अफगानिस्तानबाट मानिसहरु बाहिरिन विमानस्थल पुगेका छन्। जसको कारण कारण विमानस्थलमा भीड लागेको छ।
विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिदै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ।सेनाले अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीमा उल्लेख गरेको छ।
समाचारमा उल्लेख गरिएअनुसार नेटोका एक अधिकारीले सेनाको विमानबाहेक अन्य सबै व्यवसायिक उडान रद्द गरिएपनि विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेको जनाइएको छ।
एजेन्सीको सहयोगमा
प्रकाशित मिति: १२:०० बजे, सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

