Kathmandu Press

अफगानिस्तानबाट नेपाली नागरिकको उद्धारमा सरकारले अभिभावकत्व वहन गर्नेछः प्रधानमन्त्री

 प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि  अभिभावकत्व वहन गर्नु सरकारको दायित्व रहेको बताएका छन्।
अफगानिस्तानबाट नेपाली नागरिकको उद्धारमा सरकारले अभिभावकत्व वहन गर्नेछः प्रधानमन्त्री

काठमाडौं, साउन ३२ : प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि  अभिभावकत्व वहन गर्नु सरकारको दायित्व रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले आफ्ना नागरिको उद्धारमा सरकार सजग र गम्भीर रहेको बताएका हुन् । आइतबार नै आफूले नेपाली नागरिकको उद्धारका लागि निर्देशन दिइसकेको उनले उल्लेख गरेका छन् ।

‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,’ प्रधानमन्त्रीले भनेका छन्, ‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापू्र्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

प्रकाशित मिति: १०:५७ बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्