Kathmandu Press

काठमाडौं महानगरले केही दिन फोहोर नउठाउने

काठमाडौं, साउन ३२ : काठमाडौं महानगरपालिकाले तत्काल फोहोर नउठाउने भएको छ।सोमबार महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै तत्काल फोहोर नउठ्ने भएकाले घरबाहिर नराख्न अनुरोध...
काठमाडौं महानगरले केही दिन फोहोर नउठाउने

काठमाडौं, साउन ३२ :काठमाडौं महानगरपालिकाले अझै केही दिन फोहोर नउठाउने भएको छ।

सोमबार महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै तत्काल फोहोर नउठ्ने भएकाले घरबाहिर नराख्न अनुरोध गरेको छ। उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर उठाउन नसकिने महानगरले जनाएको हो।

केही दिनदेखिको वर्षाले सडक बिग्र्रिको महानगरले जनाएको छ। महानगरले भनेको छ, ल्याण्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकोले केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं।’

सडक मर्मत भएर ल्यान्डफिल्ड साइट सञ्चालनमा आएपछि मात्रै फोहोर उठाइने भएको छ। त्यतिञ्जेलसम्म घरमै राख्न र बाहिर नफाल्न महानगरले अनुरोध गरेको छ।

अहिले महानगरले फोहोर नउठाउँदा सडकका छेउछाउमा फोहोर थुप्रिन थालेको छ। घरबाहिर फाल्दा झन फोहोर बढ्न थालेको हो।

काठमाडौंको फोहोरमैला नुवाकोटको ककनी गाउँपालिका २ स्थित सिस्डोलमा रहेको ल्यान्डफिल्ड साइटमा फाल्ने गरिउको छ। वर्षाका कारण ल्यान्डफिल्ड साइट पुग्ने सडक बिग्रिएको छ। जसले गर्दा गाडी जान सकेका छैनन्।

प्रकाशित मिति: ०८:३५ बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्