Kathmandu Press

तालिबानले कब्जामा लियो अफगानिस्तान

अफगानिस्तानलाई विद्रोही समूह तालिबानले कब्जामा लिएको छ। गएराति राष्ट्रपति कार्यालय प्रवेश गरेर उनीहरुले कब्जामा लिएको घोषणा गरेका हुन्।
तालिबानले कब्जामा लियो अफगानिस्तान

काठमाडौं, साउन ३२ : अफगानिस्तानलाई विद्रोही समूह तालिबानले कब्जामा लिएको छ। गएराति राष्ट्रपति कार्यालय प्रवेश गरेर उनीहरुले कब्जामा लिएको घोषणा गरेका हुन्।

तालिबान लडाकु आइतबार बिहान मात्रै अफगानिस्तानको राजधानी काबुल छिरेका थिए। दिउसो सत्ता हस्तान्तरणका लागि वार्ता भएको थियो।

सत्ता हस्तान्तरणको प्रक्रिया टुंग्याएर अफगान राष्ट्रपति असरफ गनी साँझ देश छोडेर निस्केका थिए। उनी छिमेकी देश ताजकिस्तान गएको जनाइएको छ।

राष्ट्रपति गनीले देश छाडेपछि तालिबान राष्ट्रपति कार्यालय पसेका हुन्। तालिबान कमान्डर र लडाकुले राष्ट्रपतिको कुर्सीमा बसेर तस्बिर खिचेका थिए।

अमेरिकी सेना फिर्ता भएसँगै तालिबानले प्रान्तीय राजधानी कब्जा गर्न शुरु गरेको थियो। अमेरिकी सेनाले छाडेको केही दिनमै तालिबानले देश कब्जा गरेको हो।

अफगान राष्ट्रपति गनीले रक्तपात रोक्न आफूले देश छाडेको जनाएका छन्। तालिबान प्रवक्ताले पनि अब युद्ध सकिएको जनाएका छन्। राष्ट्रपति कार्यालय प्रवेश गरेसँगै उनले युद्ध सकिएको घोषणा गरेका हुन्।

प्रकाशित मिति: ०७:२० बजे, सोमबार, साउन ३२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्