Kathmandu Press

खोपको विद्युतीय प्रमाणीकरणका लागि कुनै शुल्क लाग्दैन्, नतिर्नु : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, साउन ३१ : वैदेशिक रोजगारीमा जानेहरूका लागि कोभिड १९ पूर्ण खोपको विधुतीय प्रमाणीकरणका लागि कुनै शुल्क नलाग्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...
खोपको विद्युतीय प्रमाणीकरणका लागि कुनै शुल्क लाग्दैन्, नतिर्नु : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, साउन ३१ : वैदेशिक रोजगारीमा जानेहरूका लागि कोभिड १९ पूर्ण खोपको विद्युतीय प्रमाणीकरणका लागि कुनै शुल्क नलाग्ने भन्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सचेत गराएका छन् ।

सामाजिक सञ्जालमार्फत राज्यमन्त्री श्रेष्ठले भनेका छन्, `सेवाग्राहीले पूर्ण खोपको विद्युतीय प्रमाणीकरणका लागि म्यानपावरबाट फर्म भराउँदा कुनै अतिरिक्त शुल्क नतिर्नु होला । यो सेवा पूर्णतः नि:शुल्क हो ।´

केही संस्थाले शुल्क उठाएको गुनासो आएकोले यसरी अनुचित ढङ्गले शुल्क लिनेमाथि अनुगमन गरी कारबाही गरिने समेत उनले जनाएका छन् ।

यस्तै, शुल्क माग गरी झन्झट सिर्जना गरेमा टोल फ्री नं.१६६००१०९९९९ र १६६००१५०००५ मा टिपाउन समेत मन्त्री श्रेष्ठले आग्रह गरेका छन् । 

प्रकाशित मिति: २०:४८ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्