न्याय सेवाका दुई सचिवसहित ८६ जनाको सरुवा
काठमाडौं, साउन ३१ : न्याय सेवा आयोगले चार सचिव र सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको अध्यक्षतामा बसेको...
काठमाडौं, साउन ३१ : न्याय सेवा आयोगले चार सचिव र सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको अध्यक्षतामा बसेको आयोगको बैठकले दुई सचिव र दुई सहसचिवसहित ८६ जनाको सरुवाको निर्णय गरेको हो।
सरुवा हुनेहरुमा महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता श्याम भट्टराईलाई वेपत्ता नागरिकको छानविन आयोगमा सरुवा गरिएको छ भने त्यहाँका सचिव कृष्णजीवि घिमिरेलाई महान्यायाधिवक्ता कार्यालय सरुवा गरिएको छ।
उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंह उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवा भएका छन्, त्यहाँ कार्यरत ठगिन्द्र कट्टेल पाटनमा आएका छन्।
प्रकाशित मिति: २०:४२ बजे, आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

