Kathmandu Press

अफगानिस्तान तालिबानको कब्जानजिक, राष्ट्रपति र उपराष्ट्रपतिले छाडे देश

तालिबानको पकड बढ्दै जाँदा अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडेका छन् ।
अफगानिस्तान तालिबानको कब्जानजिक, राष्ट्रपति र उपराष्ट्रपतिले छाडे देश

काबुल, साउन ३१ : तालिबानको पकड बढ्दै जाँदा अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडेका छन् ।

राष्ट्रपति असरफ गनी र उपराष्ट्रपति अमिरुल्लाह सालेह देश छाडेर बाहिरिएको उच्च सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

देशका सबै प्रमुख सहरमा कब्जा जमाइसकेको तालिबान राजधानी काबुलको बाह्य इलाकामा देखिइसकेको छ ।

बितेका १० दिनमा अफगानिस्तानका अधिकांश ठूला र रणनीतिक महत्त्वका क्षेत्र तालिबानले कब्जामा लिइसकेको छ ।

अफगान गृह मन्त्रालयका उच्च अधिकारीको स्रोत उद्धृत गर्दै अलजजिराले जनाएअनुसार राष्ट्रपति र उपराष्ट्रपति छिमेकी मुलुक ताजिकिस्तान पुगेका छन् । राष्ट्रपति कार्यालयले भने सुरक्षाको कारण जनाउँदै राष्ट्रपति गनीको 'मुभमेन्ट'का बारेमा जानकारी दिन अस्वीकार गरेको अलजजिराले जनाएको छ ।
 

प्रकाशित मिति: २०:११ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्