Kathmandu Press

काठमाडौं उपत्यकामा ७३९ जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं, साउन ३१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा...
काठमाडौं उपत्यकामा ७३९ जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं, साउन ३१ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी ५ सय २२ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी भक्तपुरमा ६३ र ललितपुरमा १ सय ५४ जना कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लोपटक थपिएको सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ७ सय ८६ पुगेको छ। जसमध्ये काठमाडौंमा ८ हजार ४ सय ३०, ललितपुरमा १ हजार ९ सय ७० र भक्तपुरमा १ हजार ३ सय ८६ जना रहेका छन्।

उपत्यकामा पछिल्लो २४ घन्टामा काठमाडौंमा ५, भक्तपुर र ललितपुरमा १/१ गरी ७ जनाको मृत्यु भएको छ।

योसहित उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ। जसमध्ये काठमाडौंमा २ हजार १६, ललितपुरमा ६ सय २० र भक्तपुरमा ४ सयजना रहेका छन्।

प्रकाशित मिति: १७:४० बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्