Kathmandu Press

गण्डकीका मुख्यमन्त्रीलाई एमालेकाे ध्यानाकर्षणपत्र

पाेखरा, साउन ३१ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई एमाले प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ।एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र...
गण्डकीका मुख्यमन्त्रीलाई एमालेकाे ध्यानाकर्षणपत्र
तस्बिर : रासस

पाेखरा, साउन ३१ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई एमाले प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ।

एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र  प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तता दिन आग्रह गरेको हो । 

सो अवसरमा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले अगाडि बढाएका मूलभूत कार्ययोजनालाई निरन्तरता दिएको जानकारी दिए।

उनले भौतिक पूर्वाधारका १५ मध्ये १० योजना अघि बढाउने प्रक्रियामा रहेको,  ३८ अर्बको बजेट ३० अर्बमा खुम्चिएको जानकारी दिए।

भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले अघिल्लो सरकारले ल्याएका कार्यक्रम रातो किताबमा समेटिएको र केही छुटेको भए पुनः अध्ययन गरेर अघि बढ्न सकिने बताए। 

प्रकाशित मिति: १६:४१ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्