प्रधानमन्त्री देउवाले भारतको स्वतन्त्रता दिवसका अवसरमा समकक्षी मोदीलाई दिए बधाई
काठमाडौं, साउन ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५औं स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन्।प्रधानमन्त्री देउवाले सामाजिक...
काठमाडौं, साउन ३१ : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५औं स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन्।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार बधाई तथा शुभकामना दिएका हुन् ।
‘भारतको ७५औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतालाई बधाई तथा उत्तरोत्तर प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्दछु,’ ट्विटरमा उनले लेखेका छन्।
प्रकाशित मिति: १६:१४ बजे, आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

