Kathmandu Press

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि कूटनीतिक पहल भइरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं, साउन ३१ : अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र सचिव...
अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि कूटनीतिक पहल भइरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं, साउन ३१ : अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि कूटनीतिक पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र सचिव भरत पौडेलले त्यहाँका नेपालीकाे उद्धार गरी सुरक्षित स्थानमा लैजान आग्रह गरिएको बताए।

Hardik ivf

त्यहाँका नेपालीको उद्धारका लागि नेपालस्थित कूटनीतिक नियोगहरुसँग पनि छलफल भइरहेको उनले भनाइ थियो।

उनका अनुसार अफगानिस्तानका औपचारिक क्षेत्रमा करिब १५ सय नेपाली  कार्यरत रहे पनि अनौपचारिक क्षेत्रमा कति छन् भन्ने यकिन तथ्यांक छैन। अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीलाई सम्पर्कमा आउन सूचना जारी गर्न लागिएको उनले बताए ।

अफगानिस्तानमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीको अवस्थाबारे अध्ययन गर्न परराष्ट्र मन्त्रालयकाका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा आइतबार संयन्त्र बनाइएको पनि पौडेलले जानकारी दिए।

संयन्त्रमा सिसिएमसीका साथै गृह, पर्यटनलगायत अन्य सरोकारवाला मन्त्रालयका प्रतिनिधि रहने बताइएको छ।

गत आर्थिक वर्षमा अफगानिस्तानमा रोजगारीका लागि तीन महिलासहित १ हजार ७३ नेपालीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति तथ्यांक छ।

तथ्यांक आर्थिक वर्ष २०७३/७४ यता ६ हजार ६ सय ३७ नेपालीले अफगानस्तानका लागि स्वीकृति लिएका छन्। 

प्रकाशित मिति: १५:३५ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्