Kathmandu Press

वाग्मतीमा ११ लाखले पाए पूर्ण खोप

काठमाडौं, साउन ३० : वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३ सय ९० रहेको...
वाग्मतीमा ११ लाखले पाए पूर्ण खोप

काठमाडौं, साउन ३० : वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३ सय ९० रहेको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले  पूर्ण खोप  लगाएको सङ्ख्या हो। प्रदेशमा रहेका १८ वर्ष माथिको जनसङ्ख्यामध्येमा १९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन्।

सरकारले  खोप उपलब्धता पर्याप्त गराएसँगै कोभिसिल्ड वा  भेरोसेल खोपमध्ये कुनै खोपका दुवै डोज  र जोनसेन गरी पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या सो रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी १८ वर्ष भन्दामाथिका व्यक्तिले कुनै एउटा खोपको पहिलो मात्रा खोप लगाएका नागरिकको सङ्ख्या आठ लाख ४७ हजार २०२ रहेको छ। 

प्रकाशित मिति: १४:४३ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्