Kathmandu Press

पाकिस्तानको कराँचीमा भएको आक्रमणमा १३ जनाको मृत्यु, कैयौं घाइते

पाकिस्तानको कराँचीमा भएको आक्रमणमा १३ जनाको मृत्यु, कैयौं घाइते

कराँची, साउन ३१ : पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ भने अन्य कैयौं घाइते भएका छन्। 

जियो न्युजले बताएअनुसार आक्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो। विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको प्रयोग गर्दै गरेको प्रारम्भिक अनुसन्धानबाट स्थानीय प्रहरीले त्यस आक्रमणमा एउटा ग्रिनेड प्रयोग गरिएको बताएको छ।

Hardik ivf

‘यस आक्रमणको पछाडि को थियो, हामी भन्न सक्दैनौं। घटनाको प्रकृति हेर्दा पारिवारिक विवाद जस्तो देखिएको छ यसबारे थप अनुसन्धान भइरहेको छ,’ स्थानीय एक प्रहरी अधिकारीले बताए।

प्रहरी अतिरिक्त महानिरीक्षक इमरान याकोबले भने, ‘यो आतंकवादी हमला पनि हुन सक्छ । हामीसित यसबारे अझै कुनै ठोस प्रमाण नभेटिएको र अनुसन्धान जारी रहेकोले कुनै निष्कर्षमा पुगिहाल्नु हतार हुनेछ।’

आतंकवाद विरोधी विभाग (सीटीडी) का वरिष्ठ अधिकारी, राजा उमर खत्ताबले प्रारम्भिक अनुसन्धानले यो ग्रेनेड आक्रमण भएको देखिएको बताए। गाडीको कुनै भागमा ठोकिनु अघि नै ग्रिनेड विस्फोट भएकोजस्तो देखिएको उनले बताए। 

‘आक्रमणकारीहरु मोटरसाइकलमा आएर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ उनले भने, ‘थप कुरा अनुसन्धानपछि मात्र भन्न सकिन्छ।’ 

अतिरिक्त प्रहरी डा. कारार अब्बासीले डा. रुथ फाउ सिभिल अस्पतालमा १० जनाको मृत शरिर ल्याइएको पुष्टि गरे। उनका अनुसार पीडितहरूमध्ये ६ जना महिला र चार जना केटाकेटी थिए। 

घटनामा घाइते भएका अन्य १० जनालाई उपचारका लागि अस्पताल ल्याइएको अब्बासीले बताए। सिन्धका मुख्यमन्त्री मुराद अली शाहले घाइतेहरुलाई नजिकैको अस्पतालमा पुर्याउन प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिँदै घटनाप्रति गहिरो दुःख व्यक्त गरे। 

प्रकाशित मिति: १४:२६ बजे, आइतबार, साउन ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्