Kathmandu Press

माओवादी केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं, साउन ३१ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि शुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल...
माओवादी केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं, साउन ३१ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि शुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल भएको हो। माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाका अनुसार अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगतरुपमा छलफल भएको र टोली नेताले आफनो सुझाव राख्ने कार्यसूची  छ।

अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय सदस्यलाई विभिन्न आठ समूहमा विभाजन गरिएको थियो। समूहका नेताले प्रतिवेदनमाथि धारणा राख्नेछन्। यसअघि पार्टीको स्थायी समितिको बैठक बसेको थियो। बैठकमा केन्द्रीय समितिमा प्रस्तुत भएको राजनीतिक प्रतिवेदन र विधानकाबारेमा छलफल भएको बताइएको छ।

प्रकाशित मिति: १३:२५ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्