नेपाल फाइनान्सकाे कम्पनी सचिवमा विष्णुप्रसाद गौतम
काठमाडौं, साउन ३१ : नेपाल फाइनान्स लिमटेडले प्रमुख कार्यकारी अधिकृत रहँदै आएका विष्णुप्रसाद गौतमलाई कम्पनी सचिव बनाएको छ। यसअघि कम्पनी सचिव रहँदै आएका सागर...
काठमाडौं, साउन ३१ : नेपाल फाइनान्स लिमटेडले प्रमुख कार्यकारी अधिकृत रहँदै आएका विष्णुप्रसाद गौतमलाई कम्पनी सचिव बनाएको छ।
यसअघि कम्पनी सचिव रहँदै आएका सागर प्रजापति राजिनामा दिएपछि गौतमलाई उक्त जिम्मेवारी दिइएको हो।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रजापतिको राजीनामा स्वीकृत गरी गौतमलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो।
गौतमलाई बैठक बसेको दिन शुक्रबारदेखि नै लागु हुनेगरी कम्पनी सचिव तोकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उद्धव थपलियाले जानकारी दिए।
प्रकाशित मिति: १३:०७ बजे, आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार






-1789386172.jpg)




