Kathmandu Press

सुनको मूल्यमा एक हजार रुपैयाँ वृद्धि

काठमाडौं, साउन ३१ : आज (आइतबार) सुनको मूल्यमा एक हजार रुपैयाँ वृद्धि भएको छ।आज छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार...
सुनको मूल्यमा एक हजार रुपैयाँ वृद्धि

काठमाडौं, साउन ३१ : आज (आइतबार) सुनको मूल्यमा एक हजार रुपैयाँ वृद्धि भएको छ।

आज छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

शुक्रबारको यही सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले उकालो लागेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार २ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। 

प्रकाशित मिति: १२:५५ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्