Kathmandu Press

माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने

काठमाडौं, साउन ३१ : माओवादी केन्द्रको केन्द्रीय कमिटीको हिजो (शनिबार) देखि सुरू भएको बैठक आज (आइतबार) समापन हुने बताइएको छ।आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा...
माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने

काठमाडौं, साउन ३१ : माओवादी केन्द्रको केन्द्रीय कमिटीको हिजो (शनिबार) देखि सुरू भएको बैठक आज (आइतबार) समापन हुने बताइएको छ।

आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक आजै समापन गर्ने निर्णय गरेको स्थायी कमिटीका एक सदस्यले बताए।

शनिबारको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरेका थिए। 

प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनमाथि आज समूहगत रूपमा छलफल गराई सुझाव संकलन गर्ने कार्यक्रम रहेको ती नेताले बताए।

उनका अनुसार केन्द्रीय कमिटीको बैठकबाट आएका सुझावको व्यख्या गरी निष्कर्षको रूप दिन भोलि (सोमबार) फेरि स्थायी कमिटीको बैठक बस्नेछ।

आजको स्थायी कमिटी बैठकले प्रचण्डद्वारा प्रसतुप्रतिवेदनमाथि छलफल गरी रायसुझाव दिन विभिन्न समूह बनाएको छ। 

प्रकाशित मिति: १२:४२ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्