Kathmandu Press

हाइटीमा शक्तिशाली भूकम्प, तीन सयभन्दा बढीको मृत्यु

हाइटीमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा जाँदा तीन सयभन्दा बढीको मृत्यु भएको छ।
हाइटीमा शक्तिशाली भूकम्प, तीन सयभन्दा बढीको मृत्यु

काठमाडौं, साउन ३१ : हाइटीमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा जाँदा तीन सयभन्दा बढीको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प भएको हो। अहिलेसम्म भूकम्पमा परेर तीन सय चार जनाको मृत्यु भएको जनाइएको छ। त्यस्तै, एक हजार आठ सयभन्दा बढी घाइते भएका छन्।

भूकम्पले ब्यापक क्षति भएको जनाउँदै हाइटीका प्रधानमन्त्रीले एक महिने आपतकाल घोषणा गरेका छन्। भूकम्पले घर, होटल, चर्च लगायतका भौतिक संरचना भत्किएका छन्।

शनिबार बिहान गएको भूकम्पको इपिसेन्टर सेन्ट लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको जनाएको छ।

शक्तिशाली भूकम्पको धक्का झण्डै १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट ओ प्रिन्स र छिमेकी देशहरुमा पनि महसुस गरिएको थियो।

केही साता अघि हाइटीका राष्ट्रपतिको हत्या गरिएको थियो। राष्ट्रपतिको हत्याको शोकमा रहेकै बेला झन ठूलो विपत्ति थपिएको छ।

यसअघि सन् २०१० मा पनि हाइटीमा शक्तिशाली भूकम्प भएको थियो। त्यतिबेला पनि सयौं मानिसको ज्यान गएको थियो।

प्रकाशित मिति: ०८:४५ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्