Kathmandu Press

बाढीपहिरो पीडितहरूको उद्दार र राहतबारे सरकारले गर्‍यो ९ निर्णय

काठमाडौं, असार २९ :  सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको जनाएको छ। 

आइतबार....

बाढीपहिरो पीडितहरूको उद्दार र राहतबारे सरकारले गर्‍यो ९ निर्णय
फाइल

काठमाडौं, असार २९ :  सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको जनाएको छ। 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। त्यसका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई पनि निर्देशन दिएको उनले बताए।

बैठकले गृह मन्त्रालयले माहतका सबै निकायसँग तथ्यांक संकलन गरेपछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनर्निर्माणको कामलाई अघि बढाउने निर्णय पनि गरेको छ। सरकारले पीडितहरुको राहत, उद्दार र उपचारको काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई आग्रह पनि गरेको छ ।

त्यसैगरी, सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत, सञ्चारलगायतका अति आवश्यकीय सेवा तत्काल सुचारु गराउन पनि सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ। 

हेर्नुस् सरकारका ९ निर्णय: 

प्रकाशित मिति: १८:३६ बजे, आइतबार, असार २९, २०७६