Kathmandu Press

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं, साउन ३१ : नेकपा (माओवादी केन्द्र)को केन्द्रयि समिति बैठक आज पनि बस्न लागेको छ।

आज बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्ने भएको हो। माओवादी केन्द्रीय समिति बैठक शनिबार शुरु भएको थियो।

बैठकको पहिलो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसमाथि छलफल गर्न आठ वटा समूह बनाइएका थिए।

आजको बैठकमा आठै समूहले छलफलको निष्कर्ष सुनाउने भएका छन्। त्यससँगै केन्द्रयि सदस्यले सुझाव पेश गर्नेछन्।

शनिबार अध्यक्ष प्रचण्डले आगामी पुष ११ देखि १३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। त्यस्तै, विधान संशोधन प्रस्ताव पनि पेश भएको छ।

केन्द्रीय समिति बैठकअघि आज बिहान माओवादीको स्थायी समिति बैठक बस्न लागेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनलगायतका विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ०७:५८ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्