Kathmandu Press

सुदूरपश्चिमबाहेक सबै प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौं, साउन ३१ : सुदूरपश्चिम बाहेक सबै प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान विभागका अनुसार...
सुदूरपश्चिमबाहेक सबै प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौं, साउन ३१ : सुदूरपश्चिम बाहेक सबै प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान विभागका अनुसार आज प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षा हुने भएको छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आइतबार बिहान देशको अधिकांश स्थानमा मौसम बदली रहेको छ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी,, कर्णाली र लुम्बिनी प्रदेशमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षा निरन्तर रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, आज दिउँसो पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना हुने महाशाखाको प्रक्षेपण छ।

आज राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।

प्रकाशित मिति: ०७:२१ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्