Kathmandu Press

माओवादी केन्द्रमा २९९ केन्द्रीय सदस्य रहने प्रस्ताव

माओवादी केन्द्रमा दुई सय ९९ सदस्यीय केन्द्रीय समिति रहने भएको छ । अन्तरिम विधानको मस्यौदामा पार्टीको राष्ट्रिय महाधिवेशन नहुँदासम्मका लागि केन्द्रीय समितिको आकार प्रस्ताव गरिएको हो ।
माओवादी केन्द्रमा २९९ केन्द्रीय सदस्य रहने प्रस्ताव

काठमाडौं, साउन ३० : माओवादी केन्द्रमा दुई सय ९९ सदस्यीय केन्द्रीय समिति रहने भएको छ । अन्तरिम विधानको मस्यौदामा पार्टीको राष्ट्रिय महाधिवेशन नहुँदासम्मका लागि केन्द्रीय समितिको आकार प्रस्ताव गरिएको हो ।

शनिबार सुरु केन्द्रीय कमिटी बैठकमा आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावित विधानमा राष्ट्रिय सम्मेलनले केन्द्रीय कमिटी बनाउने र त्यसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव मनोनयन गर्ने प्रस्ताव पनि गरिएको छ ।

केन्द्रीय समितिको एक तिहाइ पोलिटब्युरो सदस्य र त्यसको एक तिहाइ स्थायी समिति सदस्य रहने प्रस्ताव पनि गरिएको छ ।

यस्तै, दैनिक कार्यसञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहित केन्द्रीय कार्यालय गठन गर्ने प्रस्ताव गरिएको छ । यस्तै, महासचिवको नेतृत्वमा उपमहासचिव र सचिव रहने केन्द्रीय सचिवालय गठन हुनेछ ।

सबै तहका समिति र अधिवेशन प्रतिनिधिहरूको निर्वाचन खुला, भूगोल र समावेशीका आधारमा गरिने अन्तरिम विधानमा उल्लेख छ ।

सबै समितिमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र २० प्रतिशत २० वर्षमाथिका युवालाई समावेश गरिने अन्तरिम विधानमा उल्लेख छ।

प्रकाशित मिति: १७:५३ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्