Kathmandu Press

काठमाडौं उपत्यकामा ७९५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ३० : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा...
काठमाडौं उपत्यकामा ७९५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन ३० : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी भक्तपुरमा ९६ र ललितपुरमा १ सय ६४ जना कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लोपटक थपिएको सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार ८८ पुगेको छ। जसमध्ये काठमाडौंमा ८ हजार ५ सय ७९, ललितपुरमा १ हजार ९ सय १८ र भक्तपुरमा १ हजार ३ सय ९१ जना रहेका छन्। 

प्रकाशित मिति: १७:१८ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्