Kathmandu Press

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस दोस्रो साता गर्ने प्रचण्डको प्रस्ताव 

प्रचण्डले भदौभित्र सदस्यता वितरण तथा नवीकरण गरिसक्नुपर्ने बताएका छन्।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस दोस्रो साता गर्ने प्रचण्डको प्रस्ताव 

काठमाडौं, साउन ३० : माओवादी केन्द्रले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अघि सारेको छ। 

शनिबार सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन गर्दै पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अघि सारेका हुन्।

प्रचण्डले भदौभित्र सदस्यता वितरण तथा नवीकरण गरिसक्नुपर्ने बताएका छन्।

त्यसैगरी प्रचण्डले असोज १० गते एकै दिन देशैभरि सेल र टोल भेला गर्ने प्रस्ताव पनि गरेका छन्। असोज २० मा वडा र ३० मा पालिका सम्मेलन गर्ने याेजना अघि सारिएकाे छ।

कात्तिक ३० एकैटपटक सबै जिल्लाको अधिवेशन गर्ने योजना अघि सार्दै प्रचण्डले मंसिर १५ मा प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

टोल, पालिका, जिल्ला, प्रदेश सम्मेलन सकिएपछि  पुस ११ देखि १३ पुससम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको हो। दाहालको प्रस्तावमाथि माओवादी केन्द्रीय कमिटी बैठकमा छलफल जारी रहेको छ।

काठमाडौंको बत्तिसपुतलीमा केन्द्रीय समितिको जारी बैठक भोलिसम्म चल्नेछ। 

प्रकाशित मिति: १४:१३ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्