क्रिकेटमा सपना देखाएकामा पारस खड्कालाई प्रधानमन्त्रीको धन्यवाद
क्रिकेटमा सपना देखाएकामा प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिकेटर पारस खड्कालाई धन्यवाद दिएका छन्।
काठमाडौं, साउन ३० : क्रिकेटमा सपना देखाएकामा प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिकेटर पारस खड्कालाई धन्यवाद दिएका छन् ।
शनिबार प्रधानमन्त्रीसँग क्रिकेटर खड्काले भेटेका थिए । त्यसक्रममा उनलाई प्रधानमन्त्री देउवाले धन्यवाद दिएका हुन् ।
‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा खड्कालाई धन्यवाद,’ प्रधानमन्त्री देउवाले आफ्नो ट्विटर ह्यान्डलमा लेखेका छन्, ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैं रहने छ ।’
प्रकाशित मिति: १४:०७ बजे, शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्




-1789386172.jpg)




-1789386172.jpg)

