Kathmandu Press

भारतमा घट्न थाल्यो दैनिक सङ्क्रमितको संख्या 

भारतमा घट्न थाल्यो दैनिक सङ्क्रमितको संख्या 

नयाँ दिल्ली, साउन ३० : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्न थालेको छ। 

अघिल्लो दिनको तुलनामा शनिबार झन्डै २ हजार कम सङ्क्रमित देखिएको अधिकारीले जनाएका छन्। 

शनिबार बिहान सार्वजनिक गरिएको दैनिक तथ्याङ्कअनुसार भारतमा थप ३८ हजार ६ सय ६७ जना नयाँ सङ्क्रमित थपिएका हुन्। जबकि अघिल्लो दिन ४० हजार १ सय २० जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो। 

भारतमा अहिलेसम्म कुल तीन करोड २१ लाख ५६ हजार ४ सय ९३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ। 

त्यसैगरी भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८७ हजार ६ सय ७३ पुगेको पनि अधिकारीले जनाएका छन्। यो सङ्ख्या कुल सङ्क्रमितको १.२१ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

अघिल्लो दिनको तुलनामा भने यो सङ्ख्या केही धेरै हो। अघिल्लो दिन तीन लाख ३५ हजार २ सय २७ रहेको थियो। 

भारतमा सङ्क्रमणमुक्त भएकाको प्रतिशत ९७.४५ रहेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म तीन करोड १३ लाख ३८ हजार ८८ मानिस सङ्क्रमणमुक्त भएका छन्। तीमध्ये ३५ हजार ७ सय ४३ जना पछिल्लो २४ हजार सङ्क्रमणमुक्त भएका हुन्। 

त्यसैगरी ४ सय ७८ जनाको पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाको कुल सङ्ख्या चार लाख ३० हजार ७ सय३२ पुगेको छ।

प्रकाशित मिति: १३:३६ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्