Kathmandu Press

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक जारी

काठमाडौं, साउन ३० : माओवादी केन्द्र केन्द्रीय समितिको बैठक जारी छ।बैठक शनिबार र आइतबार दुई दिन चल्ने बताइएको छ।बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले...
माओवादी केन्द्र केन्द्रीय समितिको बैठक जारी

काठमाडौं, साउन ३० : माओवादी केन्द्र केन्द्रीय समितिको बैठक जारी छ।

बैठक शनिबार र आइतबार दुई दिन चल्ने बताइएको छ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले  राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेस गर्नेछन्।

उक्त प्रतिवेदन यसअघि बसेको पार्टी स्थायी कमिटीको बैठकले पारित गरिसकेको छ।

बैठकमा पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तार, पार्टी सम्मेलनलगायत विषयमा पनि छलफल हुने एक केन्द्रीय सदस्यले बताए। 

प्रकाशित मिति: १३:०४ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्