पत्नीलाई आगो लगाई हत्या गर्ने युवकलाई आजीवन काराबास
लहान, साउन ३० : सिरहाको औरही गाउँपालिकाका एक युवकलाई आजीवन काराबासको फैसला सुनाइएको छ।पत्नीलाई आगो लगार्इ हत्या गरेका आरोपमा पक्राउ परेका औरही-५ का...
लहान, साउन ३० : सिरहाको औरही गाउँपालिकाका एक युवकलाई आजीवन काराबासको फैसला सुनाइएको छ।
पत्नीलाई आगो लगाई हत्या गरेका आरोपमा पक्राउ परेका औरही-५ का २६ वर्षीय विनोद यादवलाई शुक्रबार जिल्ला अदालत सिरहाले सो सजाय फैसला सुनाएको हो।
विनोदले आफ्नी २१ वर्षीया पत्नी अनितालाई आगो लगाई हत्या गरेको ठहर अदालतले गरेको थियो। जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले यस्तो फैसला गरेको अदालतले जनाएको छ।
गत २०७६ माघ १० गते चारित्रिक आरोपमा विनोदले अनितालाई आगो लगाई हत्या प्रयास गरेका थिए। आगो लगाएपछि उनले आफैँले पत्नीलाई उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो ।
काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा दुई दिनपछि गत माघ १२ गते बिहान अनिताको मृत्यु भएको थियो। मृतकका बुबा अशोक यादवले जिल्ला प्रहरी कार्यालयमा गत माघ १२ गते विनोदविरुद्ध किटानी जाहेरी दिएका थिए।
माघ ११ गते पक्राउ परेका विनोद जिल्ला अदालतको आदेशमा गत फागुन ८ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्।




-1789386172.jpg)




-1789386172.jpg)

