Kathmandu Press

अफगानिस्तानमा तालिबानको कब्जालाई नेटोले मान्यता नदिने

अफगानिस्तानको बिग्रँदो सुरक्षा अवस्थामाथि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले आफ्नो धारणा सार्वजनिक गरेको छ।
अफगानिस्तानमा तालिबानको कब्जालाई नेटोले मान्यता नदिने

वासिङ्टन, साउन ३० : अफगानिस्तानको बिग्रँदो सुरक्षा अवस्थामाथि उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले संगठनका सहयोगी मुलुकहरूले अफगानिस्तानमा जारी हिंसाको राजनीतिक समाधान चाहेको बताए । ‘यदि तालिबानले बलजफ्ती सत्ता हत्यायो भने त्यसलाई मान्यता दिइने छैन,’ उनले भने ।

Hardik ivf

नेटोले अफगानिस्तानमा विकसित भइरहेका घटनाक्रमलाई निरन्तर र नजिकबाट नियालिरहेको उनको भनाइ छ । र, अफगानिस्तानका उच्च अधिकारीहरू र अन्तर्राष्ट्रिय समूदायका साथ लगातार सम्पर्कमा रहेको उनले बताए ।

‘नेटोका सहयोगी मुलुकहरू तालिबानका निरन्तर आक्रमण अझ बढ्दो क्रममा रहेको विषयलाई लिएर चिन्तित छन् । त्यसक्रममा नागरिकहरूमासथ आक्रमण, हत्या र गम्भीर मानवअधिकार उल्लंघनका रिपोर्ट आइरहेका छन्,’ महासचिव जेन्सले भने, ‘तालिबानले बुझ्नुपर्छ, यदि उसले जबर्जस्ती देशलाई कब्जा गरेमा अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने छैन ।’

नेटोमा अमेरिका, फ्रान्स, जर्मनी, क्यानाडाल टर्की, स्पेनलगायत ३० वटा मुलुक सहभागी छन् । सन् २००१ मा तालिबानविरुद्ध अफगानिस्तानमा सुरु भएको सैन्य अभियानमा नेटोका सबै मुलुक सहभागी थिए ।

प्रकाशित मिति: १२:१३ बजे, शनिबार, साउन ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्