Kathmandu Press

देश विभाजनको पीडा असह्यः मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देश विभाजनको पीडा असह्य हुने बताएका छन्।
देश विभाजनको पीडा असह्यः मोदी

नयाँदिल्ली, साउन ३० : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देश विभाजनको पीडा असह्य हुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत भारत–पाकिस्तान विभाजनको स्मरण गर्दै मोदीले त्यसको पीडा कहिल्यै बिर्सन नसकिने बताएका हुन् ।

Hardik ivf

‘देश विभाजनको पीडा कहिल्यै भुल्न सकिँदैन । घृणा र हिंसाको चक्रमा परेर हाम्रा लाखौँ दाजुभाइ, दिदीबहिनीले विस्थापित हुनुप¥यो, ज्यान गुमाउनुप¥यो,’ मोदीले लेखेका छन्, ‘उनीहरूको संघर्ष र बलिदानको स्मृतिमा १४ अगस्टमा ‘विभाजन विभिषिका स्मृति दिवस’का रूपमा मनाउने निर्णय गरिएको छ ।’

भारत विभाजन भएर १४ अगस्ट १९४७ मा औपचारिक रूपमा पाकिस्तान नयाँ मुलुकका रूपमा स्थापना भएको थियो । त्यस क्रममा करिब दुई करोड मानिस आफ्नो थातथलोबाट विस्थापित भएका थिए ।

त्यसक्रममा भएका हिंसाहरूमा परी करिब २० लाख मानिसको ज्यान गएको अनुमान छ । 

प्रकाशित मिति: ११:५४ बजे, शनिबार, साउन ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्