Kathmandu Press

गोली लागेर पाल्पामा एकजनाको मृत्यु

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा स्याललाई ताकेर हानेको गोली लागेर एक युवकको मृत्यु भएको छ।
गोली लागेर पाल्पामा एकजनाको मृत्यु

पाल्पा, साउन ३० : जिल्लाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा स्याललाई ताकेर हानेको गोली लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३५ वर्षीय धनबहादुर लम्तरी छन् । गोली उनकै ५६ वर्षीय बाबु कर्णबहादुर लम्तरीले चलाएका थिए ।

शुक्रबार साँझ मकैबारीमा देखिएको स्याललाई ताकेर कर्णबहादुरले भरुवा बन्दुकबाट गोली हानेका थिए । तर, एक सय मिटर टाढा मकैबारीमै रहेका धनबहादुरलाई लागेको थियो । घटनापछि कर्णबहादुरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: ११:१६ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्