Kathmandu Press

भरतपुर विमानस्थलको विशिष्ट कक्षमा लागेको आगो नियन्त्रणमा

भरतपुर विमानस्थलको विशिष्ट कक्षमा शनिबार बिहान आगलागी भएको छ। बिहान पौने ७ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले बताएको छ।
भरतपुर विमानस्थलको विशिष्ट कक्षमा लागेको आगो नियन्त्रणमा

भरतपुर, साउन ३० : भरतपुर विमानस्थलको विशिष्ट कक्षमा शनिबार बिहान आगलागी भएको छ । बिहान पौने ७ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले बताएको छ ।

अग्निनियन्त्रक साधनको मद्दतमा करिब १५ मिनटमा आगो नियन्त्रण लिइएको छ । 

आगलागीबाट विशिष्ट कक्षमा पूर्ण रूपमा क्षति भएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति: १०:५७ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्