Kathmandu Press

यस वर्षको गाईजात्रा औपचारिक मात्र

७ भदौमा पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिक मात्र बनाइने भएको छ।
यस वर्षको गाईजात्रा औपचारिक मात्र

भक्तपुर, साउन ३० : ७ भदौमा पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिक मात्र बनाइने भएको छ ।

भक्तपुर नगरपालिकाले कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको गुन्हीपुन्ही अर्थात् जनैपूर्णिमा र गाईजात्रा औपचारिकतामा मात्र सीमित गरिने नगर प्रमुख सुनील प्रजापतिले बताए ।

‘कोरोना महामारीको जोखिम कायमै रहेकाले जनैपूर्णिमामा भीडभाड गरेर मेला भर्न र गाईजात्रामा घिन्ताङघिसीलगायत सांस्कृतिक प्रदर्शनी नगरी औपचारिकतामा मात्रै सीमित गर्न नगरवासीमा अनुरोध गरेका छौँ,’ प्रजापतिले भने ।

कोभिड–१९ महामारीलाई हेलचेक्र्याइँ होइन, सतर्कता अपनाएर परास्त गर्नुपर्ने उनले बताए । भीडभाड हुने जात्रा र पर्वले संक्रमण फैलिने जोखिम रहने उनले बताए ।

नगरपालिकाले आफ्ना सबै वडाका सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधि र जनप्रतिनिधिसहितको भेला राखेर गाईजात्राका दिन ताहा मचाँ नगर परिक्रमा गराइँदा एउटा टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गरेको छ । रासस

प्रकाशित मिति: १०:४५ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्