Kathmandu Press

रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटनामा परेको हो एम्बुलेन्समा सवार माडी गाउँपालिकाका–६ का ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिए।
रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

रोल्पा, साउन ३० : रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटनामा परेको हो । एम्बुलेन्समा सवार माडी गाउँपालिकाका–६ का ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

शनिबार बिहान करिब ४ बजेतिर माडी गाउँपालिकाका–२ मा एम्बुलेन्स दुर्घटनामा परेको हो । भैरहवाबाट कोर्चाबाङ शव पु¥याएर फर्किने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा एकजना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट करिब सात सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति: १०:४० बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्