Kathmandu Press

आज माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, साउन ३० : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्न लागेको छ।माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...
आज माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, साउन ३० : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्न लागेको छ।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने भएका छन्। शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रतिवेदन पेश गर्ने निर्णय गरेको हो।

स्थायी कमिटी बैठकले गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने निर्णय समेत गरेको थियो। त्यसका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालित हुने प्रचण्डले निर्देशन दिएका थिए।

आज बस्ने केन्द्रीय कमिटी बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वर्द्धनका विषयमा छलफल हुने भएको छ।

यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाबारे पनि छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: ०७:०९ बजे, शनिबार, साउन ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्