Kathmandu Press

कोरियाको आयात मूल्यमा वृद्धि जारी

सियोल, साउन २९ : कच्चा पदार्थको उच्च मूल्यका कारण दक्षिण कोरिया आयात भएका सामानको मूल्यमा लगातार तेस्रो महिना वृद्धि देखिएको छ। दक्षिण कोरियाली...
कोरियाको आयात मूल्यमा वृद्धि जारी

सियोल, साउन २९ : कच्चा पदार्थको उच्च मूल्यका कारण दक्षिण कोरिया आयात भएका सामानको मूल्यमा लगातार तेस्रो महिना वृद्धि देखिएको छ। दक्षिण कोरियाली बजारमा मेदेखि जुलाईसम्म आयातित सामानको मूल्य बढेको पाइएको हो।

बैंक अफ कोरिया (बीओके) को शुक्रबार सार्वजनिक तथ्याङ्क अनुसार जुलाईमा आयात मूल्य सूचकाङ्क ११९.७३ थियो र यो अघिल्लो महिनाको तुलनामा ३.३ प्रतिशतको वृद्धि हो। कच्चा पदार्थको मूल्य बढ्दै गएपछि मेदेखि लगातार आयात भएका विदेशी सामानमा पनि मूल्य वृद्धि देखिएको हो। एक वर्षको अवधिमा गत महिना यो सूचकाङ्क १९.२ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा देखिएको छ। 

Hardik ivf

गत महिना खानी उत्पादनको मूल्य ४.८ प्रतिशतले बढेको छ। दक्षिण कोरियामा कोइला र तेल उत्पादनको आयात मूल्यमा पनि जुलाईमा ८.१ प्रतिशतको वृद्धि भएको छ। 

दक्षिण कोरियाको ‘बेन्चमार्क, दुबई क्रुड’ लाई मासिक आधारमा हेर्दा जुलाईमा १.९ प्रतिशतले वृद्धि भएको छ। 

गतमहिना कम्प्युटर, इलेक्ट्रोनिक तथा अप्टिकल उपकरणहरूको आयात मूल्य ३.४ प्रतिशतले वृद्धि भएको छ। विद्युतीय उपकरण तथा रासायनिक उत्पादनको आयात मूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ।

निर्यात मूल्य सूचकाङ्क जुलाईमा १११.१९ पुगेको छ र यो एक महिना पहिलेको भन्दा ३.५ प्रतिशतको वृद्धि हो। आयात मूल्यमा गत वर्षको नोभेम्बरदेखि अपवादमा एक दुई महिनाबाहेक लगातार आठौं महिनासम्म वृद्धि देखिएको छ। 

प्रकाशित मिति: २०:४० बजे, शुक्रबार, साउन २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्