Kathmandu Press

देउवा नेतृत्वको सरकारलाई सफल बनाउने अभियानमा लाग्न प्रचण्डको निर्देशन 

काठमाडौं, साउन २९ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल बनाउने अभियानमा केन्द्रीत...
देउवा नेतृत्वको सरकारलाई सफल बनाउने अभियानमा लाग्न प्रचण्डको निर्देशन 

काठमाडौं, साउन २९ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल बनाउने अभियानमा केन्द्रीत हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

शुक्रबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै प्रचण्डले बाम–लोकतान्त्रिक सरकारलाई सफल बनाउन केन्द्रीत हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन्। सरकारलाई सफल बनाउनका लागि अवको चार महिना केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्डले निर्देशन दिएका थिए ।

संविधानको रक्षा र कार्यान्वयन गर्ने, अरु सबै प्रकारका राष्ट्रियतालाई कमजोर पार्ने प्रवृत्ति विरुद्धको संघर्षलाई अघि बढाउने दिशामा अघि बढन अध्यक्ष कमरेडले निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकले भोलि (शनिबार) बाट सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: २०:३५ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्