Kathmandu Press

बेलायतको प्लाइमाउथमा गोली लागि तीन वर्षीया बालिकासहित तीनको मृत्यु 

लण्डन, साउन २९ : बेलायतको दक्षिणपश्चिमी शहर प्लाइमाउथमा एक व्यक्तिले चलाएको गोली लागी एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती प्रहरीले शुक्रबार...
बेलायतको प्लाइमाउथमा गोली लागि तीन वर्षीया बालिकासहित तीनको मृत्यु 

लण्डन, साउन २९ : बेलायतको दक्षिणपश्चिमी शहर प्लाइमाउथमा एक व्यक्तिले चलाएको गोली लागी एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती प्रहरीले शुक्रबार पुष्टि गरेको छ।

प्रहरीले भनेको छ, ‘बिहीबार राति एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएको र उक्त घटनामा मारिनेमा एक तीन बर्षीया बालिका, उनका दुई आफन्त रहेका छन् भने अन्य दुई छिमेकी सामान्य घाइते भएका छन्।’

बेलायतमा ११ वर्षमा पहिलोपटक भएको समूह लक्षित गोलीकाण्डमा भएको हो। 

डेवन एण्ड कर्नवाल प्रहरीका अनुसार २२ वर्षीय हत्यारा जेक डेभिसनले तीन बर्षीया बालिका, उनका आफन्त र अन्य तीन व्यक्तिलाई गोली हानेपछि आफूलाई पनि गोली हानेका प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। घटनामा घाइते भएका दुबै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ। 

प्रकाशित मिति: २०:१८ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्