Kathmandu Press

एकैदिनमा ६ जना मृत अवस्थामा फेला

काठमाडौं, साउन २९ : देशका विभिन्न स्थानमा आज एकै दिनमा ६ जना मृत अवस्थामा फेला परेका छन् । सिन्धुलीको तिनपाटन गाउँपालिका १ बस्ने...
एकैदिनमा ६ जना मृत अवस्थामा फेला

काठमाडौं, साउन २९ : देशका विभिन्न स्थानमा आज एकै दिनमा ६ जना मृत अवस्थामा फेला परेका छन् । सिन्धुलीको तिनपाटन गाउँपालिका १ बस्ने ६४ वर्षीया लक्ष्मी कुमारी घर्ती सोही ठाउँस्थित कमला खोलाको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै, रौतहटको गौर नगरपालिका ९ पुरेनवा घर भई हाल मौलापुर नगरपालिका ५ डेरा गरी बस्ने २१ वर्षीय रामेश्वर साह तेली आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । सुनसरीको ईटहरी उपमहानगरपालिका २० डेरा गरी बस्ने ५४ वर्षीया बिमला संग्रौला सोही ठाउँस्थित आईस होटलमा आजै मृत अवस्थामा फेला परेकी हुन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका २ स्थित मिलन ज्वारचनको डिस्टेलरीमा काम गरी बस्ने रुकुम पुथा उत्तरगंगा गाउँपालिका ९ घर भएका २५ वर्षीय रोसन समाल सोही ठाउँस्थित कालिगण्डकी नदिको किनारमा मृत अवस्थामा फेला परे ।

उता, रुकुम पूर्वको सानिभेरी गाउँपालिका २ गिठाकोटस्थित सानोभेरी नदीको किनारमा नाम, थर, वतन नखुलेकी महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् भने कास्कीको पोखरा महानगरपालिका-२९ शैनिकघाटस्थित सेती नदीको किनारमा करिब ३५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १९:२३ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्