Kathmandu Press

सामूहिक कार्य र बन्धुत्व भावका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने : महानिरीक्षक क्षेत्री

काठमाडौं, साउन २९ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्दै  सामूहिक कार्य र बन्धुत्व भावका साथ असल नियत...
सामूहिक कार्य र बन्धुत्व भावका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने : महानिरीक्षक क्षेत्री

काठमाडौं, साउन २९ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्दै  सामूहिक कार्य र बन्धुत्व भावका साथ असल नियत राखि सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको शुक्रबार अवलोकन भ्रमणको क्रममा २ नम्बर प्रदेश प्रहरी प्रमुख तथा प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिनुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रमाणमुखी अनुसन्धान कार्य, जघन्य प्रकृतिका मुद्दा तथा संवेदनशील वर्गमा हुने अपराधहरुमा थप चनाखो भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।  हिरासत व्यवस्थापनतर्फ विशेष ध्यान दिनुपर्ने बताउँदै सिमा नाकामा हुने अवैध तस्करी नियन्त्रणमा समेत संवेदनशील भई कार्य गर्न उनले उल्लेख गरे ।

यस्तै आजै प्रहरी महानिरीक्षक क्षेत्रीले जिल्ला प्रहरी कार्यालय महोत्तरी परिसरमा नवनिर्मित कार्यालय, व्यारेक, कार्यालय प्रमुख निवास, मेस, हिरासत कक्ष तथा सिनियर प्रहरी अधिकृत आवास भवनहरुको शुक्रबार आयोजित एक कार्यक्रमबीच समुद्‍घाटन समेत गरेका छन् । 

प्रकाशित मिति: १९:१३ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्