Kathmandu Press

प्रदेश नं १ मा थप ७६९ सङ्क्रमित

विराटनगर, साउन २९ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७६९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। एक हजार ५२९ को...
प्रदेश नं १ मा थप ७६९ सङ्क्रमित

विराटनगर, साउन २९ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७६९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। एक हजार ५२९ को पीसीआर परीक्षण गर्दा ३९३ र एक हजार ७५१ को एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, सुनसरीमा १०८, मोरङमा १०४ मध्ये विराटनगरमा ४१, धनकुटामा १२, इलाममा ११, तेह्रथुममा पाँच, सङ्खुवासभा र भोजपुरमा चाररचार, उदयपुरमा तीन, पाँचथरमा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको छ।

सोही अवधिमा प्रदेशमा आजै ६७५ जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा ३०० महिला र ३७५ पुरुष छन्। पछिल्लो जानकारीअनुसार दुई महिलासहित पाँच जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्