Kathmandu Press

अफगानिस्तानको एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोग आवश्यकता : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ, साउन २९ : अफगानिस्तानका राहत कर्मीहरुले झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसंघले...
अफगानिस्तानको एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोग आवश्यकता : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ, साउन २९ : अफगानिस्तानका राहत कर्मीहरुले झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसंघले बताएको छ। 

देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्नसक्ने मूल्याङ्कन गरिएको राष्ट्रसंघका मानवीय सहयोगमामिला अधिकारीले बिहीबार बताएका हुन्। 

Hardik ivf

संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालय (ओसिएचए) ले भनेको छ, ‘द्वन्द्व र अन्य खतराहरूबाट सुरक्षाको खोजीमा धेरै मानिसहरू काबुल र अन्य ठूला शहरहरूमा आइपुगेका छन्।’

ओसिएचएले भनेको छ, ‘विस्थापित, द्वन्द्व, बाढी, लिङ्गसम्बन्धी मुद्दा र सुरक्षा निगरानीमा ध्यान केन्द्रित गर्दै मानवीय आवश्यकता र तत्काल आवश्यक प्रतिक्रियाबारे कार्यक्रम निर्धारण गर्न राष्ट्रसंघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संगठनहरूबीच आन्तिरिक मूल्याङ्कन भइरहेको पनि छ।’ 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका मुख्य प्रवक्ता स्टेफन डुजारिकले सञ्चारकर्मीसँगको नियमित भेटका क्रममा अफगानिस्तानको पछिल्लो घटनाक्रमबारे भने, ‘संयुक्त राष्ट्र संघ र गैरसरकारी संस्था दुवैको मानवीय सहयोग समूह अफगानिस्तानमा रहन र उद्धार गर्न समर्पित रहेको छ तर सुरक्षा वातावरण अत्यन्त जटिल र चुनौतीपूर्ण छ।’ 

डुजारिकले भने, ‘संयुक्त राष्ट्र संघमा अफगानिस्तानका झण्डै तीन हजार ४०० राष्ट्रिय कर्मचारी र करिब ३०० अन्तर्राष्ट्रिय कर्मचारी रहेका भएपनि अहिले उनीहरूमध्ये अधिकांश कोभिड–१९ को महामारीका कारण अफगानिस्तान बाहिर रहनुपरेको छ। हामी द्वन्द्वरत सबै पक्षहरूसँग सम्पर्कमा छौँ।’ 

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, साउन २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्