Kathmandu Press

उपत्यकामा हालसम्म झन्डै ३ लाख संक्रमित, २ लाख ८० हजार बढी संक्रमणमुक्त, ३ हजार बढीको मृत्यु

काठमाडौं, साउन २८ : पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो छ। केही दिनयता उपत्यकामा १ हजारको संख्या वरिपरि संक्रमित थपिइरहेका छन्। पछिल्लो...
उपत्यकामा हालसम्म झन्डै ३ लाख संक्रमित, २ लाख ८० हजार बढी संक्रमणमुक्त, ३ हजार बढीको मृत्यु

काठमाडौं, साउन २८ : पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो छ। केही दिनयता उपत्यकामा १ हजारको संख्या वरिपरि संक्रमित थपिइरहेका छन्। 

पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा धेरै ७ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ।

त्यसैगरी भक्तपुरमा १ सय ६२ र ललितपुरमा १ सय २८ जना संक्रमित थपिएका छन्। यसअघि बिहीबार १ हजार १ सय ३३, बुधबार ९ सय ६४, मंगलबार १ हजार १ सय ९६, सोमबार ९ सय ५९, आइतबार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको थियो।  

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ९६ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौंमा ८ हजार ४ सय ७, ललितपुरमा १ हजार ३ सय ६२ र भक्तपुरमा १ हजार ८ सय २७ जना छन्।

हालसम्म काठमाडौं उपत्यकामा २ लाख ९४ हजार ९ सयजना संक्रमित भइसकेका छन्। हालसम्म काठमाडौं उपत्यकामा २ लाख ८० हजार २ सय ८७ जना संक्रमित भइसकेका छन्। काठमाडौंमा अहिलेसम्म कोरोना संक्रमणबाट ३ हजार २० जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: १७:५२ बजे, शुक्रबार, साउन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्